• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार सुदुरपश्चिम

    सुदूरपश्चिममा सत्ताको खेल संविधानको मर्म र जनताको आकांक्षाविपरित- भीम रावल

    1.2K
    SHARES



    काठमाडौँ । एमाले नेता भीम रावलले सुदूरपश्चिममा भएको सत्ताको खेल संविधानको मर्म र जनताको आकांक्षाविपरित भएको बताए ।

    सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि एउटै पार्टीबाट दुई जनाको दाबी परेपछि नेता रावलले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

    ‘कोशी प्रदेश पछि सुदूरपश्चिम प्रदेशमा आज भइरहेको सत्ता स्वार्थको खेल (दुई जनाको मुख्यमन्त्रीमा दाबी र एक दलका सदस्यको दुईतिर समर्थन, संविधानको मर्म र जनताको आकांक्षा विपरीत छ’, रावलले लेखेका छन्, ‘यस्तै कृत्य सङ्घीयताको मानक हो भने सङ्घीयताको कुनै औचित्य छैन । लाज नै लजाउनु पर्ने स्थिति !’

    नेता रावलले यस्तै कृत्य सङ्घीयताको मानक हुने हो भने यसको औचित्य समेत नभएको बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया