• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भारतद्वारा ३५ एम्बुलेन्स र ६६ स्कुल बस हस्तान्तरण

    0.9K
    SHARES



    काठमाडौं । भारतीय राजदूतावास काठमाडौंले ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहार दिएको छ ।

    नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइतबार अर्थमन्त्री वर्षमान पुनलाई एम्बुलेन्स तथा स्कुल बस हस्तान्तरण गरेका हुन् ।

    कुल १ सय १ सवारी साधनमध्ये दुईवटा एम्बुलेन्स दूूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम पुगेर हस्तान्तरण गरेका छन् ।

    भारत सरकारले तीन दशकदेखि आफ्नो स्वतन्त्रता र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न भागमा रहेका विभिन्न लाभग्राही संस्थाहरूलाई एम्बुलेन्स तथा स्कुल बस प्रदान गर्दै आएको छ ।

    कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले यो सहयोग नेपाल-भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारले लामो समयदेखि लिंदै आएको पहलमध्येको एक रहेको बताए । यस कार्यक्रमले जनजीवनलाई सहज बनाउनुका साथै नेपालको विकास यात्रामा मद्दत गरेको पनि उनले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ