• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ट्राफिक जरिवाना बढाउँछु- रवि लामिछाने

    2.1K
    SHARES



    काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ट्राफिक जरिवानाको रकम बढाउने बताएका छन् ।

    काठमाडौँमा ट्राफिक सचेतना अभियानको सुरुवात गर्दै लामिछानेले ट्राफिक नियम उल्लङ्घन बापत अहिले लिने गरिएको जरिवाना रकम वृद्धि गर्ने घोषणा गरेका हुन् ।

    ‘रोड टेस्ट’ बिना लाइसेन्स दिने अहिलेको प्रणाालीमा सुधार गर्नुपर्ने उल्लेख गर्दै लामिछानेले ट्राफिकलाई भत्ता दिने व्यवस्था गर्ने पनि बताए । उनले भने- ‘चालकसँग १-२ सय लिएर सङ्गठनको बेइज्जत नगर्नुस् ।’

    सार्वजनिक यातायात सुधार गर्न पूर्व सचिव शरदचन्द्र पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न मन्त्री लामिछानेले प्रतिबद्धता जनाएका छन् ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको सचेतना अभियान एक सातासम्म चल्नेछ । अब ट्राफिक प्रहरीको बोली नरम र कारबाही कडा हुने उल्लेख गर्दै लामिछानेले दुर्घटना सङ्ख्यालाई पनि कार्य सम्पादकको विषय बनाउने बताएका छन् । उनले भने- ‘नेताको हात समाएर बढुवा हुने गलत अभ्यास सच्याएर बढुवालाई स्वचालित प्रणालीमा लैजानुपर्छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ