• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    गण्डकीमा मन्त्रालय फुटाएर ९ वटा बनाउने निर्णय

    1K
    SHARES



    पोखरा । गण्डकीमा मुख्यमन्त्रीले ७ बाट फुटाएर ९ मन्त्रालय बनाउने निर्णय गरेका छन् ।

    मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्रीसँग रहेको आन्तरिक मामिला मन्त्रालय फुटाउने निर्णय भएको बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए।

    गण्डकीमा यसअघि १२ वटा मन्त्रालय रहेकोमा २०७९ पुष २५ गते मुख्यमन्त्री नियुक्त भएपछि अधिकारीले नै घटाएर ७ वटा मन्त्रालय बनाएका थिए।

    सरकारको चालु खर्च घटाउने र छरितो सरकार बनाउने भन्दै उनले त्यतिबेला मन्त्रालय संख्या घटाएका थिए। पहिलो पटक मुख्यमन्त्री बन्दा अधिकारीले एमालेका ३, माओवादीका २ र राप्रपाका १ जनालाई मन्त्री बनाएका थिए। त्यतिबेला स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ मन्त्री बनेका थिएनन्।

    यसपालि भने मुख्यमन्त्री अधिकारीले आफी नियुक्त भएकै दिन चुमान र मनाङेलाई बिनाविभागीय मन्त्री बनाएका थिए। राप्रपा पनि सरकारमा आउने आशा उनले गरेका छन्। आवश्यक परे राप्रपाका २ जना सांसदलाई नै मन्त्री बनाउनुपर्ने भएकाले मन्त्रालय बढाएको सत्तारुढ गठबन्धनले बताएको छ।

    गण्डकीमा नेपाली कांग्रेसको २७, एमालेको २२, माओवादीको सभामुखसहित ८, राप्रपाको २ र दीपक मनाङेसहित ६० सांसद छन्। गण्डकीमा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ। राप्रपाको समर्थनबिना सत्तारुढ गठबन्धन वा कांग्रेस दुवैको सरकार बन्न नसक्ने अवस्था छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ