• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    आज कुमारी बैंक बन्द नहुने

    1K
    SHARES



    काठमाडौँ। सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्र (ईद)को अवसरमा सार्वजनिक विदा दिएपनि कुमारी बैंक बन्द नहुने भएको छ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बैंक खुल्ने जनाएको छ ।

    ग्राहकहरूको सुविधालाई मध्येनजर गर्दै सबै शाखा र काउन्टर खुला गर्ने निर्णय गरेको कुमारी बैंकले जनाएको छ ।

    यस्तै, बुधबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ । आज १ अमेरिकी डलरको खरिद दर १३२.८० रुपैयाँ रहँदा बिक्री दर १३३.४० रुपैयाँ रहेको छ । बुधबार १ अमेरिकी डलरको खरिद दर १३३.०१ रुपैयाँ र बिक्री दर १३३.६१ रुपैयाँ कायम थियो ।

    यस्तै, १ युरोको खरिद दर आज १४४.२६ रुपैयाँ कायम भएको छ । बिक्री दर १४४.९१ रुपैयाँ रहेको छ । बुधबार १ युरोको खरिद दर १४४.५६ रुपैयाँ र बिक्री दर १४५.२१ रुपैयाँ थियो ।

    आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६८.६३ रुपैयाँ र बिक्री दर १६९.३९ रुपैयाँ रहेको छ । हिजो १ पाउण्डको खरिद दर १६८.७४ रुपैयाँ र बिक्री दर १६९.५० रुपैयाँ थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया