• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

आयरल्यान्डले नेपाललाई दियो २ सय ८५ रनको लक्ष्य

1.9K
SHARES



काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा आइतबार आयरल्यान्ड ‘ए’ ले नेपालको ‘ए’ टोलीलाई जितका लागि दुई सय ८५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन बनाएको हो ।

आयरल्यान्डका लागि ओपनर ब्याट्सम्यान स्टिफन डोहेनीले उत्कृष्ट शतकीय पाली खेले । उनले टोलीका लागि १ सय ७ रनको योगदान गरे । यस क्रममा उनले १ सय २९ बलको सामना गरी २ छक्का र ८ चौका पनि हिर्काए ।

पिटर मुरले पनि टोलीको खातामा ४४ रन थपे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका पिटरले केवल २५ बलको सामना गरी ५ छक्का र २  चौका पनि हिर्काए । मोर्गन टपिङले २१ रन जोडे । गाभिन होए भने १४ रन बनाउँदै पेभेलियन फर्किए । फियोन ह्यान्डले टोलीको खातामा २० रन थपे ।

म्याथ्यू हमफ्रेयसले २३ रन जोडे । तल्लो क्रमका ब्याट्सम्यान बेन ह्वाइटले पनि अविजित १९ रन बनाए । आयरल्यान्डका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ