• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    म्याथ्यू हाम्फ्रेज एक्लैले ६ विकेट लिएपछि…

    1.2K
    SHARES



    काठमाडौँ। म्याथ्यू हाम्फ्रेज एक्लैले ६ विकेट लिएपछि आयरल्यान्ड उल्भ्सले एक खेलअगावै नेपाल एविरुद्धको ३ एक दिवसीय शृंखला २-० ले आफ्नो पक्षमा बनाएको छ ।

    शुक्रबार सम्पन्न दोस्रो खेलमा आयरल्यान्डले नेपाललाई ११४ रनले पराजित गरेको हो। पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो ।आयरल्यान्डले दिएको १७५ रन पछ्याएको नेपालले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ६० रन मात्रै बनायो ।

    नेपालका भीम सार्कीले १७ र विनोद भण्डारीले १६ रन बनाउँदा अन्यले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । आयरल्यान्डका म्याथ्यू हम्फ्रेजले सर्वाधिक ६ विकेट लिए । ४.५ ओभर बलिङ गरेका उनले १ मेडनसहित ८ रन खर्चिएका हुन् ।

    यस्तै,फिओन ह्यान्ड र थोमस मेयसले २/२ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ