• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    तराईमा सिञ्चाईको समस्या हल गर्न रिभर लिँकेज प्रोजेक्टतर्फ सरकारको ध्यान गएको छ- प्रधानमन्त्री प्रचण्ड

    1.2K
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराईको भू–भागमा सिञ्चाई सुविधा पुर्याउन रिभर लिंकेज प्रोजेक्टमा सरकारको ध्यान गएको बताए।

    बिहीबार सिंहदरबारमा राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिलाई सम्बोधन गर्दै उनले सिँचाइका लागि प्रविधिको नयाँ प्रयोग गर्नेतर्फ ध्यान गएको बताएका हुन् ।

    तराईमा देखिएका सिँचाई समस्या समाधानका लागि यसअघि नदी डाइभर्सनका कुरा भएका छन् । आंशिक रुपमा पूर्वदेखि पश्चिमसम्म त्यस्ता आयोजना बनेका छन् ।

    योपटक सरकारको ध्यान ‘रिभर लिंकेज प्रोजेक्ट’ बनाउनेतर्फ गएको छ’, प्रविधिको नयाँ प्रयोगबारे जानकारी दिँदै उनले भने, ‘‘देशभरिका नदीहरूलाई एक अर्कासँग जोडेर सिंगै तराईमा सिँचाई हुनसक्ने, मरुभूमिकरणको अन्त्य पनि हुने । पानीको राम्रो सदुपयोग पनि हुन सक्ने । अहिले अन्तर्राष्ट्रिय रुपमा पनि ‘रिभर लिंकेज प्रोजेक्ट’ बनेका छन् । त्यसका निम्ति प्रविधिको पनि विकास भएको छ । त्यसमा हाम्रो ध्यान गएको छ ।’

    यस्तै भूमिसुधार र लालपूर्जा वितरणले मात्र समाजवाद नआउने प्रधानमन्त्री प्रचण्डले जिकिर गरे । त्यसका लागि भूमिहीन किसानलाई मजदुर वर्गमा रुपान्तरण गरी उद्योग व्यवसायमा नलगेसम्म र जमिनको चक्लाबन्दी गरी त्यहाँ सामुहिक सहकार्य नगरेसम्म समस्याको समाधान नहुने उनको बुझाइ छ । त्यसका लागि नयाँ भूमि आयोग गठन गर्नेतर्फ सरकारको ध्यान गएको उनले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया