• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    देउवालाई शेखरकाे चेतावनी- कि जित्नेलाई टिकट दिनुस् नत्र सबै जिम्मा आफैँ लिनुस्

    2.3K
    SHARES



    काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाले जित्ने उम्मेदवारलाई टिकट दिन आग्रह गरेका छन् ।

    इलाम २ र बझाङ प्रदेश सभाकाे निर्वाचनमा उम्मेदवार छान्न बसेकाे संसदीय बाेर्डकाे बैठकमा शेखरले देउवालाई यस्तो आग्रह गरेका हुन् । उनले जित्ने उम्मेदवारलाई टिकट नदिए पार्टीले क्षति बेहाेर्ने चेतावनी समेत दिए ।

    बैठकमा शेखरले ‘जित्नेलाई टिकट दिनुस् होइन भने सबै जिम्मा तपाईंहरू लिनुस्’ भनेकाे बैठकमा सहभागी एक नेताले बताए । यति भनेर शेखर बैठकबाट बाहिरिएका थिए । शेखरसँगै केन्द्रीय सदस्य शशांक काेइराला पनि दाइकाे कुरामा मेराे पनि सहमति छ भन्दै निस्किएको ती नेताले बताएका छन् ।

    ‘पार्टीले हारेकालाई टिकट नदिने निर्णय गरेको छ । फेरि तपाईंहरू हारेकालाई टिकट दिन खोज्दै हुनुहुन्छ के गर्न खोजेको ? इलामको सवालमा सबैले भेषराजले जित्छ भन्दै छन् । तपाईं किन बुझ्नुहुन्न ? भेषराजलाई टिकट दिनुभयो भने ठीक छ होइन भने हार जितको जिम्मा तपाईं लिनुस्,’ शेखरले बैठकमा भनेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ