• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बागमती

    बागमतीका मुख्यमन्त्री जम्कट्टेलले मागे विश्वासको मत

    733
    SHARES



    हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेट्लले विश्वासको मत मागेका छन् ।

    प्रदेशसभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले एक ढिक्का भएर अगाडि बढ्न दलहरुलाई आग्रह गरेका छन् ।

    १४ महिनामा आफ्नो नेतृत्वको सरकारले नीतिगत काम धेरै गरेको भन्दै उनले भने, ‘अहिले पनि प्रदेश र प्रदेश सरकारलाई स्थायित्व दिने र प्रदेशबासीको चाहनाअनुसार काम गर्न एकतावद्ध भएर अगाडि बढौं ।’

    १ सय १० सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनको टुप्लुक्क बहुमत देखिन्छ । एमाले (२७), माओवादी केन्द्र (२१) र एकीकृत समाजवादी (७) मिल्दा ५५ सांसद हुन्छ । बहुमतका लागि एक सांसद नपुगेपछि सत्ता गठबन्धनले हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री बनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ