• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बागमती

    बागमती मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम स्वीकृत

    1.2K
    SHARES



    काठमाडौँ । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषदको पूर्ण बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेशसभा बैठकमा पेस गर्ने निर्णय गरेको हो ।

    सरकारको प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गा नारायण श्रेष्ठका अनुसार मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नीति तथा कार्यक्रम सोमबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गरिने छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले उक्त नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने कार्यक्रम रहेको मन्त्री श्रेष्ठले बताए ।

    उनका अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सरकारको आगामी आर्थिक वर्ष कृषि, पर्यटन, शिक्षा र रोजगारी प्राथमिकता दिइएको छ । कृषि पर्यटन तथा शिक्षा र रोजगारी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर प्रदेश सरकारले विगत एक वर्षमा निर्माण गरेको नीतिलाई सन्तुलन कायम गर्ने गरी कार्यक्रमहरू तय रेको उनले बताए ।

    प्रदेश सरकारको नीति अनुसार नयाँ ढंगका कार्यक्रमहरू तयारी गरी लगानीको मोडल तय गर्ने र लगानी बोर्ड निर्माण गरेर अघि बढ्ने रणनीति रहेको उनको भनाई छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया