• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बागमती

    बागमती प्रदेशसभा- सर्वदलीय बैठक सुरु

    2.7K
    SHARES



    काठमाडौँ । आज दिउँसो ३ बजेबाट सुरु हुने हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक अहिले बिहानबाट सभामुख भूवन पाठकको निजी निवासमा बसेको छ ।

    सर्वदलीय बैठकमा प्रदेश सरकार र विपक्षी दलबिच भएको सहमति र प्रदेशसभा बैठकको व्यवस्थापनको विषयमा छलफल हुने बताइएको छ । यसअघि गत आइतबार बसेको सर्वदलीय बैठकमा संसदीय समितिको सभापति चयनको विषयमा कार्यदल गठन गरेर जाने सहमति भए पनि अन्य विषयमा सहमति हुन सकको थिएन ।

    संसदीय समितिको नेतृत्व चयनका लागी कांग्रेसका संसदीय दलका सचेतक गोविन्द लम्सालको संयोजकत्वमा कार्यदल समेत बनाइएको छ । कार्यदलले १० दिनभित्र प्रतिवेदन बुझाउने छ ।

    करिब साढे ४ हिनापछि बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । सरकार र विपक्षी दलहरूबिच सहमति जुट्न नसकेको अवस्थामा आजको बैठकले सुचारु र नियमितता पाउने विषयमा शङ्का रहको छ ।

    गत असोज २२ गतेदेखि प्रदेशसभा बैठक बस्न सकेको छैन । २२ माघमा संसद्को वर्षे अधिवेशन अन्त्य गरिएको ४ महिना पुरा हुँदा पनि सरकारले हिउँदे अधिवेशन आह्वान गर्ने सकेको थिएन । प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज ३ बजेका लागि प्रदेशसभा बैठकको हिउँदे अधिवेशन आह्वान गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया