• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    नेकपा एमालेको कास्की जिल्ला अध्यक्षमा बैनबहादुर क्षेत्री विजयी

    389
    SHARES

    – नेकपा एमालेको कास्की जिल्ला अध्यक्षमा बैनबहादुर क्षेत्री विजयी भएका छन् । निवर्तमान सचिवसमेत रहेका क्षेत्री एमाले नेता खगराज अधिकारी समुहका हुन् ।

    क्षेत्रीले ५ सय ५१ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी माधव बास्तोलाले ३ सय ४९ मत ल्याए । बास्तोला एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट उम्मेदवार थिए ।

    जिल्लाको पदाधिकारीमा पनि एमाले नेता अधिकारी समुहले जित हासिल गरेको छ । कास्कीमा अधिकारी र गुरुङ समुहले प्यानलनै बनाएर चुनाव लडेको थियो ।

    एमाले कास्कीको नेतृत्व चयन गर्न ९ सय ३५ मतदातामध्ये ९ सय १४ ले मतदान गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ