• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैन- गृहमन्त्री लामिछाने

    678
    SHARES

    काठमाण्डौ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले सहकारीमा आफ्नो नाम जोडिएको तर त्यसलाई पुष्टि गर्ने कुनै तथ्य नरहेको बताए ।

    उनले सहकारी प्रकरणमा आफूविरुद्ध दिएको जाहेरी दर्तासमेत नभएको जिकिर गरे । सुशासन समितिको बैठकमा सांसदहरुले पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनाको विषयमा प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्री लामिछानेले सूर्यदर्शन सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नता नभएको जिकिर गरे ।

    सूर्यदर्शन सहकारीपीडितले लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा माघ २२ गते जाहेरी दिएका थिए । त्यसमा लामिछानेसँगै अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनलाई पनि विपक्षी बनाइएको थियो ।

    दिपेश भने सहकारी ठगी मुद्दामा पक्राउ परिसकेका छन् । सूर्यदर्शन सहकारीपीडितले दिएको उजुरीमा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरिएको दाबी गरिएको छ ।

    यस्तै बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले पनि सहकारी अनियमितामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताए । उनले सूर्यदर्शन सहकारी ठगीको मुख्य व्यक्ति संस्थापक अध्यक्ष जीबी राई भएको बताउँदै, राईलाई पक्राउ गरेर स्वदेश ल्याउने प्रयास भइरहेको पनि बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ