• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    रास्वपाले स्पष्टीकरण सोधेपछि रमेश खरेलले बुझाए राजीनामा

    2.1K
    SHARES

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्टीकरण सोधेपछि रमेश खरेलले राजीनामा बुझाएका छन् । खरेलले बुधबारबाट लागू हुने गरी रास्वपाको आबद्धता त्यागेका हुन् ।

    खरेल गत वैशाख १० गतेको उपनिर्वाचनमा रास्वपाको तर्फबाट बारा क्षेत्र नम्बर २ को उपचुनावमा उम्मेदवार बनेका थिए । उनी जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए ।

    खरेलले केही दिनअघि स्वार्थ बाझिने गरी गृह मन्त्रालयको नेतृत्व सम्हालेको भन्दै पार्टी सभापति रवि लामिछानेको आलोचना गरेका थिए । यसैबारेमा उनलाई पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेको महामन्त्री डा. मुकुल ढकालले बताएका छन् ।

    ‘उहाँसँग स्पष्टीकरण सोधिएको थियो,’ महामन्त्री ढकालले भने, ‘उहाँले अंग्रेजीमा राजीनामा पत्र लेखेर पठाउनुभएको छ।’ गहन विचारपछि आफू राजीनामाको निष्कर्षमा पुगेको खरेलले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

    ‘तुरून्तै लागू हुने गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट मैले आधिकारिक रूपमा राजीनामा लेखिरहेको छु । गहन रूपमा विचार गरेपछि म पार्टीबाट अलग हुने समय आइपुगेको निर्णयमा पुगेँ । अवसर र अनुभवको मौका दिएकोमा रास्वपाप्रति आभार व्यक्त गर्दछु,’ राजीनामा पत्रमा खरेलले उल्लेख गरेका छन्, ‘यद्यपि पछिल्लो घटनाक्रम, पार्टीको नीति र सिद्धान्तहरूसँग मेरो विचार र प्राथमिकता मिल्न सकेन ।’

    यसअघि सुशासन पार्टीका अध्यक्ष रहेका खरेललाई रास्वपाले केन्द्रीय सदस्य बनाउन खोजे पनि जिम्मेवारी लिन भने अस्वीकार गरेका थिए । २०७९ मंसिर ४ गतेको निर्वाचनमा खरेल सुशासन पार्टीका तर्फबाट काठमाडौं- १ को उम्मेदवार बनेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ