• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    फ्लोरिडोले सामाजिक सञ्जालमा बालबालिकाको पहुँच सीमित गर्ने

    1K
    SHARES

    काठमाडौँ। संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यका गभर्नर रोन डिसेन्टिसले १४ वर्षमुनिका बालबालिकालाई आफ्नै सामाजिक सञ्जाल खाता राख्नबाट प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका छन् ।

    यो कानूनले सामाजिक सञ्जालमा खाता खोल्नका लागि १४/१५ वर्षका बालबालिकाले अभिभावकको सहमति लिनुपर्ने व्यवस्था गरेको छ ।

    यो व्यवस्था अभिभावकलाई आफ्ना बालबालिकालाई सुरक्षित राख्न सहयोगी बन्ने विश्वास गरिएको छ। सन् २०२५ जनवरी १ देखि यो विधेयक कार्यान्वयनमा आउनेछ ।

    नयाँ कानूनसँगै अर्कान्सास, क्यालिफोर्निया, लुइजियाना, ओहायो र युटापछि फ्लोरिडा सामाजिक सञ्जा लमा बालबालिकाको पहुँच सीमित गर्ने नियम लागू गर्ने अर्को एक अमेरिकी राज्य बनेको छ ।

    सामाजिक सञ्जालमा पहुँचसम्बन्धी यो कानूनले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले बालबालिकालाई पार्ने नकारात्मक असरलाई रोक्न मद्दत मिल्ने कानूनका जानकारहरूको तर्क छ ।

    हालै पारित नयाँ कानूनले अन्य राज्यमा पहिले नै चलिरहेको चुनौतीको जस्तै कानूनी विरोधको सामना गर्न सक्ने विश्वास गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ