• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    शेयर बजार आज पनि घट्यो

    1.5K
    SHARES



    काठमाण्डौ। शेयर बजार आज पनि घटेको छ । हिजो छ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज ३.३४ अङ्कले घटेर २ हजार ६३.९५ विन्दुमा झरेको छ ।

    आज माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन तथा प्रशोधन, बीमा समूह, होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन गुर्खाज फाइनान्स, बुद्धभूमि नेपाल हाइड्रोपावर र सर्वाेत्तम सिमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    बजार घटेका दिन ९४ लाख ४५ हजार कित्ता शेयर ३ अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको १९ करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ