• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    इलाम कांग्रेसबाट उपनिर्वाचनका लागि ७ जनाको नाम सिफारिस

    1.9K
    SHARES



    काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको सिफारिस गरेको छ ।

    मंगलबार इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो । यी नामहरू जिल्ला र प्रदेश कार्यसमितिले रायसहित केन्द्रमा पठाउनेछ ।

    क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोका अनुसार बैठकले पहिलो नम्बरमा महासमिति सदस्य भेषराज आचार्यको नाम सिफारिस गरेको छ । दोस्रो नम्बरमा नेता केशव थापाको नाम सिफारिस गरेको छ ।

    क्षेत्रीय समितिले क्रमशः जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देनको नाम सिफारिस भएको छ ।

    बैठकले महिला आकांक्षीद्वय चन्द्रमाया लिम्बु र चन्द्रकला राईको नाम सिफारिस गरेको छ । “यी नाममा जिल्ला र प्रदेश कार्यसमिति राय लेखेर पठाउनेछन् र केन्द्रले फाइनल गर्नेछ,” उनले भने, “पहिलो नम्बरमा नेता भेषराज आचार्यको नाम हामीले सिफारिस गरेर पठाएका छौँ ।”

    इलाम क्षेत्र नम्बर २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । गएको निर्वाचनमा एमालेबाट निर्वाचित सांसद सुवास नेम्वाङकाे मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि निर्वाचन अयोगले चैत २४ गतेका लागि उम्मेदवारी दर्ताको मिति तोकेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया