• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    पुटिनले दिए तेस्रो विश्वयुद्धको चेतावनी

    1.7K
    SHARES



    मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेस्रो विश्वयुद्धको चेतावनी दिएका छन् ।

    भर्खरै सम्पन्न भएको राष्ट्रपति निर्वाचनमा ठुलो जित हासिल गरेसँगै पुटिनले सो अभिव्यक्ति दिएका हुन् । योसँगै पुटिन पाँचौंपटक रुसको राष्ट्रपति बन्ने निश्चित छ ।

    सोमबार नतिजा सार्वजनिक भए लगत्तै पुटिनले आफ्नो पहिलो सम्बोधनमा पश्चिमा राष्ट्रहरूलाई धम्की दिँदै तेस्रो विश्वयुद्धको चेतावनी दिए ।

    उनले रुस र अमेरिकाको नेतृत्वमा रहेको नाटो गठबन्धनबिच संघर्ष भएमा तेस्रो विश्वयुद्ध हुने र यस्तो अवस्था कसैले हेर्न नचाहेको उनले बताएका थिए ।

    रुस र पश्चिमी देशहरू बिचको सम्बन्ध सन् १९६२ को क्युवाली मिसाइल संकटयताको सबैभन्दा खराब चरणबाट गुज्रिरहेको छ । गएको महिना फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले भविष्यमा युक्रेनमा आफ्ना सेनाहरू अवतरण गर्ने सम्भावनालाई अस्वीकार गरेका थिएनन् ।

    यसबारे पुटिनलाई सोध्दा उनले यस्तो भनेका थिए, ‘आजको आधुनिक युगमा जे पनि सम्भव छ, तर यदि यसो भयो भने तेस्रो विश्वयुद्ध धेरै टाढा छैन । उसो त नेटोका सेना अझै पनि युक्रेनमै छन् । युद्ध मैदानमा अङ्ग्रेजी र फ्रेन्च बोल्ने सैनिक भएको रुसलाई थाहा छ । यो खास गरी उनीहरूको लागि राम्रो कुरा होइन, किनकि यहाँ ठुलो सङ्ख्यामा यिनीहरूको मृत्यु भइरहेको छ ।’

    पुटिनले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि हमला गरेका थिए । अहिलेसम्म सबै कुरा सकि नसकेकोले फ्रान्सले वार्तालापमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने पुटिनले भनेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ