• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    माओवादी संसदीय दलको बैठक बस्दै, विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने

    2.1K
    SHARES



    काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे सिंहदरबार स्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ ।

    बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री दाहालले सांसदबाट विश्वासको मत लिने विषयमा पनि बैठकमा छलफल हुने छ ।

    २१ गते प्रधानमन्त्री दाहालले कांग्रेससँगको तत्कालीन सत्ता गठबन्धन तोडेर नयाँ सत्ता समीकरण बनाएपछि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले पनि अर्को समीकरण निर्माणको कसरत गरिरहेको छ ।

    प्रधानमन्त्री प्रचण्ड जतिसक्दो छिटो प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारीमा छन् । यसबारे माओवादीले आजको दलको बैठकमा छलफल गर्ने बताइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया