• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    मन्त्रालयबाटै ‘आउट’ भए कारागार व्यवस्थापन विभागका महानिर्देशक भट्टराई

    6.4K
    SHARES



    काठमाडौँ । कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव नारायणप्रसाद भट्टराईलाई गृह मन्त्रालयबाट ‘आउट’ गरिएको छ । मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकले भट्टराईलाई विभागको महानिर्देशकबाट निर्वाचन आयोगमा सरुवा गरिएको हो ।

    मन्त्रिपरिषद्ले ७२ सहसचिवको मन्त्रालय र निकाय फेरबदल गर्दा भट्टराई पनि परेका हुन् । भट्टराई नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा गृह मन्त्रालयका प्रवक्ता थिए । विभाग अन्तर्गतका तीन कारागारमा घटना घटेका सार्वजनिक भइरहेका बेलामा महानिर्देशकको सरुवा भएको हो ।

    गत शुक्रबार कैलाली कारागारमा भएको झडपमा एक जनाको मृत्यु हुनुका साथै चार दर्जन बढी घाइते भएका थिए । त्यहाँ कैदीबन्दीले ४८ घण्टासम्म कारागारलाई कब्जामा लिएका थिए ।

    गृह मन्त्रालयले बुधबार मात्रै कैलालीका प्रमुख जिल्ला अधिकारी सहसचिव गोगन हमाललाई मन्त्रालयमा तानेर दाङमा प्रमुख जिल्ला अधिकारी रहेका कृष्णप्रसाद लम्साललाई कैलालीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ । बुधवार मात्रै सुनसरीको झुम्का र मोरङको जिल्ला कारागारमा पनि विवादका घटना सार्वजनिक भएका थिए ।

    पछिल्लो समयमा कारागारमा सुरक्षा अवस्थालाई लिएर विभिन्न स्थानमा प्रश्न उठिरहेका बेलामा महानिर्देशकलाई नै सरुवा गरिनुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ