• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    रवि लामिछानेलाई नख्खु कारागार सारियो, कार्यकर्ताको नाराबाजी

    1.6K
    SHARES



    काठमाडौँ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागारमा सारिएको छ। रूपन्देही कारागार कार्यालयमा रहेका लामिछानेलाई शनिबार नख्खु कारागार सारिएको हो।

    लामिछानेलाई नख्खु कारागारमा ल्याउँदा कारागारबाहिर नेता तथा कार्यकर्ताको भीड लागेको थियो । उनीहरूले रविको पक्षमा नाराबाजी गरेका थिए ।

    बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्नताको आरोपमा गत चैत २५ गतेदेखि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछाने ब्लक नम्बर ४ मा थुनिएका थिए । कारागार सरुवाको माग गर्दै उनले दोस्रो पटक बुधबार नख्खु कारागार स्थानान्तरण गर्दिनँ निवेदन दिएका थिए ।

    जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा डिल्ली बजार कारागारमा स्थानान्तरणको माग गरेर निवेदन दिए पनि आफूलाई रुपन्देहीमै राखिएको भन्दै लामिछानेले गुनासो गरेका थिए ।

    सोमबार राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त लिली थापासहितको टोलीले रुपन्देही कारागार निरीक्षण गर्दा पनि लामिछानेले अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै असन्तुष्टि जनाएका थिए । त्यो समयमा अदालतले समेत उनलाई स्थानान्तरणका लागि अनुमति दिएको थियो ।

    कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले पदभार सम्हालेकै दिन साउन २८ को पुरक (दोस्रो निवेदन) को आधारमा शुक्रबार रुपन्देहीबाट लामिछानेलाई नख्खु सार्ने निर्णय गरेका थिए ।

    शनिबार रुपन्देही कारागारले आवश्यक प्रक्रिया पूरा गरेपछि प्लेनमार्फत काठमाडौं विमानस्थल हुँदै नख्खु पुर्‍याइएको हो । नख्खु कारागारमा ल्याएका लामिछानेलाई छुट्टै कोठामा राखिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ