• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

    3K
    SHARES



    काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् ।

    खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । त्रिदेशीय क्रिकेट शृङ्खलामा हिजो नामिबियासँग भएको खेलमा नेपाल ३ रनले विजयी भयो ।

    नेपालको यो पहिलो जित हो । शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले र दोस्रो खेलमा नेदरल्यान्ड्सँग २ रनले पराजित भएको थियो । फाइनल खेल मंगलवार हुनेछ ।

    यस्तै, अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २ गतेदेखि सुरु हुने भएको छ । बागमती प्रदेशको आयोजना रहने गरि सुरु गर्न लागिएको प्रतियोगिताको पहिलो संस्करण चैत २ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने भएको हो ।

    चैत २ गते हुने औपचारिक उद्घाटन चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा गरिने आयोजक प्रदेश खेलकुद विकास परिषद्ले जानकारी दिएको छ ।

    पहिलो अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने गरि तयारी थालिएको छ । प्रतियोगिताको समापन प्रदेश राजधानी हेटौडाको पिप्ले क्याम्पा रंगशालामा हुनेछ ।

    संघीय संरचना अनुसार ७ प्रदेशको सहभागीता रहने प्रतियोगितामा ९ खेल विधा समावेश गरिएको छ । अन्तर प्रदेशमा भलिबल, फुटबल, क्रिकेट, बक्सिङ, कराँते, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन र पौडी खेललाई समावेश गरिएको छ ।

    औपचारिक उद्घाटनको दुई दिन अघिदेखिनै भलिबलका खेलहरु सञ्चालन हुने प्रदेश खेलकुद परिषद बागमतीले जनाएको छ । प्रतियोगिताका अधिकांश खेलहरु भरतपुरमा राखिएको छ । भलिबलको फाइनलसँगै उद्घाटन हुने कार्यक्रम फुटबलको फाइनलसँगै हेटौडामा समापन हुने गरि तालिका बनाईएको छ ।

    राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने वर्षमा आयोजना गर्ने गरि सात प्रदेशले अन्तर प्रदेश खेलकुदको कार्यक्रमको परिकल्पना गरेका हुन् । बागमतीबाट सुरु भएको प्रतियोगिताको दोस्रो संस्करण अर्को प्रदेशले गर्ने समझदारी प्रदेश खेलकुदबीच बनेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया