काठमाण्डाै । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको बुधवार खेलिएको खेलमा पाहुना टोली नेदरल्यान्ड्सले नेपालमाथि दुई रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपाललाई अन्तिम बलमा जितका लागि चार रन आवश्यक थियो । तर, नेपालले एक रन मात्र बनाउन सक्यो ।
नेदरल्यान्ड्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रनमात्र बनाउन सक्यो । नेपालका दीपेन्द्रसिंह ऐरीले ६३ रन बनाए ।
यस्तै कप्तान रोहित पौडेलले ५०, आसिफ शेखले ३४ रन बनाए । नेदरल्यान्ड्सका रोल्फ भान डेर मेर्वे र सायब्रान्ड एङ्गेलब्रेच्टले समान २ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनायो । नेदरल्यान्ड्सका माइकल लेभिटले ५४, सायब्रान्ड एङ्गेलब्रेच्टले नट आउट ४९ रन बनाए भने नेपालका करण केसी र कुशल मल्लले समान १ विकेट लिए ।
त्रिदेशीय शृङ्खलामा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन् । नेपाल पहिलो खेलमा हिजो नामिबियासँग २० रनले पराजित भएको थियो ।
प्रतिक्रिया