• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विद्यालय शिक्षा विधेयक पारित गर्न प्रयत्न गर्छु- सभामुख घिमिरे

    1.6K
    SHARES



    काठमाडौं । सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक पारित गर्न प्रयत्न गर्ने बताए ।

    रामेछापको गोकुलगंगास्थित गोकुलगंगा माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले विधेयक पारित भएसँगै तीन तहको काम कर्तव्य र जिम्मेवारीको प्रभावकारी कार्यान्वयन हुने बताए ।

    शिक्षालाई समयअनुसार वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमुलक, रोजगारमूलक एवं जनमुखी बनाउन जरुरी रहेको उल्लेख गर्दै उनले संसदमा विधाराधिन रहेको विद्यालय शिक्षा विधेयक पारित भएको अवस्थामा शैक्षिक गुणस्तर वृद्धि हुन सहयोग हुने अपेक्षा लिएको बताए ।

    सभामुख घिमिरेले बदलिएको समय अनुसार शिक्षामा सुधार आवश्यक रहेको बताए । शिक्षाले समाज रुपान्तरणको गति निर्धारण गर्ने भएकाले समाजको आवश्यकता अनुरुप व्यवहारिक, प्राविधिक र सर्वसुलभ शिक्षाका लागि नीतिहरु परिवर्तन हुनुपर्नेमा जोड दिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ