• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    संसद्‍मा आन्दोलनकारीहरु प्रवेश गरेपछि…

    1.1K
    SHARES



    काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आन्दोलनकारी प्रवेश गरेको घटनामा प्रहरी प्रधान कार्यालयले झन्डै २ दर्जन हाराहारीमा प्रहरी कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ ।

    प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका प्रहरी विशेष कार्यदलका दुई दर्जन प्रहरीलाई फिर्ता बोलाइएको हो ।

    उनीहरूलाई संसद् भवनको सुरक्षा जिम्मेवारीबाट हटाएर कपनस्थित कार्यदलको कार्यालयमा फिर्ता बोलाइएको छ । ‘अवधि पनि पुगेको थियो । अहिले यो घटना पनि हुन पुग्यो । दुई दर्जन जति प्रहरी कर्मचारीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय भइसकेको छ’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए ।

    सोमबार दिउँसो लघुवित्त पीडित आन्दोलनकारीहरू एकाएक संसद् भवन छिरेर प्रदर्शन गरेका थिए । उनीहरूले दुई नम्बर गेटबाट प्रवेश गरेर प्रदर्शन गरेका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ