• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएका नेपालका अर्याल मेटाको पहिलो नम्बरमा

    2.5K
    SHARES



    काठमाडौँ। सामाजिक सञ्जाल फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएको भन्दै नेपालका समिप अर्याल पहिलो नम्बरमा परेका छन् ।

    फेसबुकको मातृ संस्था मेटाले समीपलाई आफ्नो साइबर सुरक्षा विज्ञको पहिलो नम्बरमा राखेको हो। यसबारे समिपले आफ्नो फेसबुकमार्फत् जानकारी दिएका छन् ।

    एक क्लिकमै फेसबुक कब्जा गर्न सक्ने सुरक्षा कमजोरी पत्ता लगाएपछि शुक्रवार मेटाले आफूलाई ह्वाइट ह्याट अर्थात् हल अफ फेमको पहिलो स्थानमा राखेको समीपले बताए ।

    यसअघि सन् २०२३ मा पनि अर्याल फेसबुकका सुरक्षा कमजोरी पत्ता लगाएर ह्वाइट ह्याटको शीर्ष २७ औं स्थानमा परेका थिए ।

    यस्तै नेपालकै विस्तृत दाहाल ७ औँ स्थानमा परेका छन् भने सन्त बहादुर घर्तीमगर ९ औँ स्थामा परेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ