• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    विप्लव पार्टीको विद्यार्थी संगठनको नाम परिवर्तन

    1.5K
    SHARES



    काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठनले नाम परिवर्तन गरेको छ ।

    अखिल क्रान्तिकारीबाट नाम परिवर्तन भएर अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) अर्थात अखिल (समाजवादी) राखिएको हो ।

    काठमाडौँमा ६-९ फागुनमा सम्पन्न २३ औं राष्ट्रिय सम्मेलनले संगठनको नाम परिवर्तन गर्ने निर्णय गरेको हो । सम्मेलनबाट नरेन्द्र सीको नेतृत्वमा ११ सदस्यीय पदाधिकारी र १ सय ८१ सदस्यीय केन्द्रीय समिति समेत चयन गरेको छ ।

    संगठनको उपाध्यक्षमा ललित सी, महासचिवमा प्रकाश सी, सचिवहरूमा प्रितिमा सी, मदन सी, प्रकाश सी, नतशा सी, कपिल सी, अटल सी र प्रकाश सी निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा बबरजंग सी निर्वाचित भएका छन् ।

    सम्मेलनले समसामयिक १५ बुँदे प्रस्तावहरू समेत पारित गरेको छ । सम्मेलनले नेकपा महासचिव विप्लवसहितका नेताहरूविरुद्ध जारी पक्राउ पुर्जी खारेज गर्न माग गरेको छ । त्यस्तै जेलमा रहेका राजनीतिक आस्थाका बन्दीहरूलाई समेत रिहाइ गर्न माग गरेको छ ।

    त्यस्तै सामुदायिक शिक्षाको सुधारका निम्ति निरन्तर संघर्ष गर्ने प्रस्ताव समेत पारित गरेको छ । शिक्षामा राज्यको लगानी बढाउन र विभिन्न बाहनामा सामुदायिक विद्यालयले लिने शुल्क र नीजिले लिने चर्को शुल्क विरुद्ध संघर्ष गर्ने प्रताव समेत पारित गरेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ