• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    चावहिलकाे पशुपति क्याम्पसमा ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्शन काउन्टर

    1.8K
    SHARES



    काठमाण्डाै। ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाण्डाैकाे चावहिलमा रहेकाे पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्शन काउन्टर सञ्चालनमा ल्याएको छ ।

    सेवाग्राहीको बढ्दो चाप लाई मध्यनजर गर्दै नयाँ एक्सटेन्शन काउन्टर सञ्चालनमा ल्याइको बैंकले जनाएकाे छ । यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्शन तथा राजस्व सङ्कलन काउन्टरको सङ्ख्या ६५ वटा पुगेको छ ।

    नयाँ एक्सटेन्शन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरू उपलब्ध हुनेछन् ।

    ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ