• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    नेपाल वाफ च्याम्पियनसिपको सेमिफाइनलमा

    2.3K
    SHARES



    काठमाण्डौ।  नेपाली महिला राष्ट्रिय फुटबल टोली वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा पुगेको छ ।

    समूह चरणको दोस्रो खेलमा नेपालको जितसँगै प्यालेस्टाइनले सिरियालाई हराएपछि समूह बी बाट सेमिफाइनल जाने दुई टोलीको टुङ्गो लागेको हो । साउदी अरबमा जारी आठ वटा राष्ट्र सम्मिलित प्रतियोगिताको दुवै समूहबाट शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

    नेपालले पहिलो खेलमा सिरियालाई ४-१ तथा दोस्रो खेलमा हिजो इराकलाई ५-० ले हराउँदै ६ अङ्क जोडिसकेको छ । हिजोको खेलमा नेपालका लागि सबै गोल सावित्रा भण्डारीले गरेकी हुन् । योसँगै उनले अन्तर्राष्ट्रिय फुटबलमा राष्ट्रिय टोलीका लागि ५० गोल पूरा गरेकी छिन् ।

    यस्तै प्यालेस्टाइनले पहिलो खेलमा इराकलाई ३-० तथा दोस्रो खेलमा सिरियालाई १-० ले हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो । अब समूह चरण अन्तर्गत भोलि सिरिया र इराक तथा प्यालेस्टाइन र नेपाल खेल्नेछन् । नेपाललाई समूह विजेता बन्न बराबरी खेले पुग्ने छ । प्यालेस्टाइनले भने अन्तिम खेलमा नेपाललाई हराए मात्र समूह विजेता बन्नेछ ।

    यस्तै अर्को समूहमा ५ पटकको विजेता जोर्डन र लेबनान सेमिफाइनलमा पुगिसकेका छन् । आज हुने लेबनान र जोर्डनको खेलले समूह विजेताको छिनोफानो हुनेछ । यस समूहबाट आयोजक साउदी अरब र ग्वाम बाहिरिसकेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ