• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अध्यागमनका महानिर्देशकविरुद्ध भ्रष्टाचार मुद्दा

    8.4K
    SHARES



    काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

    मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य तामाङविरुद्ध आयोगले विशेषसमक्ष ११ करोड ९ लाख १७ हजार ४ सय ५८ रुपैयाँ ८८ पैसाको बिगो मागदावी लिएको छ ।

    भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ (१) र ३ (१) (झ) बमोजिम कैद र जरिवाना गरी दफा १७ बमोजिम बिगो असुल हुन समेतको मागदाबी लिइएको आयोगका प्रवक्ता एवम् सहसचिव नरहरि रेग्मीले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ