• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी

    1.9K
    SHARES



    काठमाण्डाै। नेकपा एमाले धादिङको अध्यक्षमा पुनः भूमि त्रिपाठी निर्वाचित भएका छन् ।

    हिजो सकिएको नवौँ जिल्ला अधिवेशनबाट त्रिपाठी तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

    अध्यक्षका लागि प्रतिस्पर्धामा रहेका रामकुमार अधिकारीलाई ७१ मतले पराजित गर्दै त्रिपाठी निर्वाचित भएका हुन् ।

    त्रिपाठीको पक्षमा ३ सय ९ र अधिकारीको पक्षमा २ सय ३८ मत खसेको थियो । १ सय ५ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा अर्जुन श्रेष्ठ (गोर्खाली), सचिवमा राधिका सापकोटा, महिला उपसचिवमा उर्मिला रेग्मी, खुला उपसचिवमा भक्तबहादुर लामिछाने निर्वाचित भएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ