• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    यस्तो छ माओवादी विधानको पूर्णपाठ

    1.1K
    SHARES



    काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनले पार्टीको विधान पारित गरेको छ ।

    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहहरूबाट आएको छलफललाई समेटेर विधान पारित गरेका हुन् ।

    मङ्गलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । ती समूहबाट आएको सुझावलाई संकलन गरेर विधान पास गरिएको बताइएको छ ।

    माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव संकलन गर्ने कार्य सम्पन्न भएपछि पदाधिकारी बैठक बसेको थियो ।

    बैठक लगतै सुरु भएको अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउनका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

    विधान अधिवेशनलगतै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी दिँदै अध्यक्ष प्रचण्डले विचारलाई अझ बढी केन्द्रित र संश्लेषसित हुने बताए । उनले पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको बताए ।

    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामाथि २० समूहहरूबाट सुझाव संकलन गरिएको थियो ।

    यस्तै नयाँ विधानअनुसार माओवादीले प्रत्यक्ष निर्वाचनबाट समिति चुन्ने भएको छ । ११ जनाको केन्द्रीय कार्यालय बनाउने पनि बताएको छ । १ सय ९९ केन्द्रीय समिति कायम गरिएको छ । माओवादी केन्द्रले चुनाव चिह्न र नाम पनि यो पटकलाई फेरेको छैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ