• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    वामपन्थी शक्तिहरूलाई एक ठाउँमा ल्याउन माओवादी केन्द्रले पहल गर्छ- श्रेष्ठ

    1.4K
    SHARES



    काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालका सम्पूर्ण वामपन्थी शक्तिहरूलाई एक ठाउँमा ल्याउन माओवादी केन्द्रले पहल गर्नुपर्ने बताए ।

    मंगलबार प्रज्ञा भवनमा भएको पार्टीको विधान अधिवेशनमा बोल्दै उपाध्यक्ष श्रेष्ठले समाजको बाटो तय गर्न वामपन्थीहरुको एकतालाई जोड दिनुपर्ने बताएका हुन् ।

    माओवादीले जनयुद्ध गरेर अहिलेको अवस्था सिर्जना गरेको बताउँदै अब शान्तिपूर्ण रूपमा समाजवादको आधारशिला तय गर्नुपर्ने बताए ।

    अहिले राष्ट्रका लागि ४ वटा कार्यभार रहेको बताउँदै उनले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको रक्षा गर्नु र राष्ट्रियतालाई बलियो बनाउनु पहिलो कार्यभार रहेको बताए । सङ्घीयता र लोकतन्त्रलाई बलियो बनाउनु, यसमाथि भइरहेको आक्रमणलाई रोक्नु दोस्रो कार्यभार, सामाजिक आर्थिक विकास गर्दै मुलुकलाई समृद्ध बनाउनु अर्को कार्यभार रहेको उल्लेख भने ।

    उनले राजनीतिक लक्ष र जनताको अपेक्षा अनुसारको विकासका काम नभएको बताउँदै अबको कार्यभार भनेको समृद्धिको यात्रालाई अघि बढाउन क्रमभङ्ग गरेर जनताका शिक्षा, स्वास्थ्य, रोजगार, बाटाघाटा, सञ्चार लगायतका आवश्यकता पूरा गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया