• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    माओवादी नेता गोरखबहादुर केसीलाई सार्वजनिक खण्डन गर्न निर्देशन

    1.7K
    SHARES



    काठमाडौँ । माओवादी केन्द्रले चिनियाँ महिलामाथि हातपात प्रकरणमा पार्टीको स्पष्टीकरणमा परेका वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीलाई गम्भीर चेतावनीसहित झुटा आरोपको सार्वजनिक रूपमा खण्डन गर्न निर्देशन दिएको छ ।

    शुक्रवार र शनिवार बसेको स्थायी समिति बैठकले परिपत्र जारी गर्दै सार्वजनिक रूपमा खण्डन गर्न निर्देशन दिएको हो । ‘चिनिया स्वयंसेवी महिलामाथि भएको कुटपिटको सन्दर्भका लिइएको सन्तोषजनक देखिएन । कुटपिट हुनुमा गोरखबहादुर केसीको भूमिका उत्प्रेरित देखिएको तर उहाँले त्यसबारे आत्मालोचना नगर्नुभएको र उल्टो पार्टीका जिम्मेवार कमरेडहरू विरुद्ध झुटो आरोप लगाई सार्वजनिक प्रचारमा लागेको समेत देखिएकाले उहाँलाई गम्भीर चेतावनी दिने र झुटा आरोपको सार्वजनिक खण्डन गर्नका लागि उहाँलाई निर्देशन दिने निर्णय गरियो’, परिपत्रमा उल्लेख गरिएको छ ।

    मङ्सिर २० गते चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङमाथि केसीका सहयोगीले हातपात गरेका थिए । सोही प्रकरणमा पुस २८ गते बसेको माओवादी स्थायी समिति बैठकले केसीसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ