• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    राजधानीमा महिला हत्या आरोपमा एक जना पक्राउ

    2K
    SHARES



    काठमाडौं । काठमाडौं महानगरपालिका ९, विजय चोकमा रहेको एक होटलमा महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त, गौशालाको टोलीले दोलखा घर भएका एक जना पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरिसकेको छैन ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, शनिबार साँझ २८ वर्षीया प्रमिला दमाईको शव भेटिएको थियो ।

    कम्तिमा दुई दिनदेखि कोठा बन्द रहेको अवस्थामा ग्राहक पैसा नतिरी गएको हुनसक्ने आशंका गरेर अर्को चाबीले ढोका खोल्दा शव भेटिएको भन्दै होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरी वृत्त, गौशालाको टोली घटनास्थलमा फेला परेको थियो ।

    त्यसक्रममा खाटमा महिलाको शव भेटिएको थियो भने नजिकै डोरी समेत फेला परेको थियो । तर, बाहिरबाट ढोका बन्द गरेर भित्र शव भेटिएको अवस्थामा घटना शंकास्पद देखिएको थियो ।

    शव भेटिएको सिराहा धनुषा होटल एण्ड लजका कर्मचारीले ती महिला एक जना पुरुषसँग होटलमा गएको भनेका थिए । त्यही आधारमा उनीसँग होटलमा बसेका व्यक्ति नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया