• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    5.9K
    SHARES



    काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन शुक्रबार तोलामा १ लाख १८ हजार ५ सय रुपैयाँ रहेको सुन आइतबार भने १ लाख १८ हजार रुपैयाँमा झरेको हो ।

    सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर छ । आइतबार तोलाको १ हजार ३९० रुपैयाँमा चाँदीको कारोबार भएको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

    यस्तै, बुटवल पावर कम्पनीको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिका वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा १७ करोड ८३ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २२ करोड ८७ लाख रुपैयाँ थियो ।

    कम्पनीको कुल आम्दानी घट्नु र प्रशासनिक तथा अन्य सञ्चालन खर्च बढ्दा नाफा घटेको हो । कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिना

    मा विद्युत् बिक्रीवापत ४१ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यस अवधिमा ४३ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

    त्यस्तै प्रशासनिक तथा अन्य सञ्चालन खर्च गत वर्षको दोस्रो त्रैमासमा ६ करोड ५९ लाख रुपैयाँ रहेकोमा अहिले ७ करोड ७५ लाख रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २३ पैसा छ । प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ७३ पैसा छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया