• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    गणतन्त्र दिवसमा जनमत पार्टीले शक्ति प्रदर्शन गर्ने

    2.1K
    SHARES



    काठमाडौँ । जनमत पार्टीले गणतन्त्र दिवसका दिन शक्ति प्रदर्शन गर्ने भएको छ । जेठ १५ गते मनाइने ‘गणतन्त्र दिवस’ का दिन जनमत पार्टीका अध्यक्ष सिके राउतको नेतृत्वमा काठमाडौँको भृकुटी मण्डपमा प्रदर्शनसहित आमसभाको आयोजना हुने भएको हो ।

    ‘उठौँ, जागौँ-देश विकासको आन्दोलनमा सहभागी होऔँ, दोस्रो गणतन्त्रको आन्दोलनमा सहभागी होऔँ’ भ्रष्टाचार मेटाऔँ, दलतन्त्रको तानाशाही हटाऔँ, जनताको अधिकार जनताकै हातमा दिऔँ’ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहित “नौलो गणतन्त्र र सामाजिक लोकतन्त्र” ल्याऔँ’ भनी नाराका साथ आयोजना हुने आमसभामा अध्यक्ष राउतले जेठ १५ गते ९ बुँदे माग राख्दै तेस्रो जनआन्दोलनको घोषणा गर्नेछन् ।

    उनले बुधवार जारी गरेको अपिलमा भनेका छन्, ‘अहिलेसम्म अरू नेता र पार्टीका लागि धेरै पटक आन्दोलन गर्‍यौँ, अब आफ्नो र आफ्नो सन्ततिको भविष्यको लागि देश विकास आन्दोलनमा सहभागी होऔँ ।’

    उनले नयाँ व्यवस्था ल्याउन र निर्वाचन गराउनका लागि आन्दोलनकारीको नेतृत्वमा अन्तरिम सरकार गठनको माग गर्दै सरकार, पार्टी र शीर्ष नेताको संलग्नता र संरक्षणमा भएका भ्रष्टाचार, अनियमितता र दण्डहीनताको छानबिन गरेर सजाय दिन सरकारसँग माग समेत गरेका छन् ।

    एक सदनात्मक व्यवस्था कायम गर्न माग गर्दै अध्यक्ष राउतले प्रत्यक्ष प्रधानमन्त्री, निर्वाचन अधिकृत, महालेखा परीक्षक, महान्यायाधिवक्ता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख समेत निर्वाचनबाट चयन गर्न माग समेत गरेका छन् । राउतले प्रदेशका मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचनबाट चयन गर्न र मन्त्री नराख्न पनि माग गरेका छन् ।

    देशको उत्पादन प्रणाली निजी क्षेत्रको हातमा दिने तर राज्यले नियमन गर्ने र शिक्षा, स्वास्थ्यजस्ता आधारभूत अधिकारहरूबाट कोही वञ्चित नहोस् भनी सुनिश्चित गर्न समेत उनले माग गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ