• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार सुदुरपश्चिम

    कैलालीमा विद्यार्थीबीच ग्याङ फाइट, खुकुरीसहित ८ जना पक्राउ

    3K
    SHARES



    धनगढी । कैलालीमा विद्यार्थीहरुबीच सामूहिक झडप (ग्याङ फाइट) भएको छ ।

    गौरीगंगा नगरपालिका-१ गोप्काको पशुपति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीबीच सोमबार दिउँसो सामूहिक झडप भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले झडपमा संलग्न दुवै पक्षका ८ जनालाई नियन्त्रणमा लिइएको छ ।

    उनीहरुको साथबाट खुकुरी र नक बरामद गरिएको चन्दले बताए । प्रहरीले नियन्त्रणमा लिएकाहरु १३ देखि २० वर्षसम्म उमेर समूहका रहेका छन् ।

    उनीहरुबीचको झडपको कारण नखुलेको बताउँदै डीएसपी चन्दले चौमाला प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया