• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एमाले धादिङमा विवाद, ओलीले ८ नेतालाई बोलाए काठमाडौं

    2.2K
    SHARES



    काठमाडौँ। नेकपा (एमाले) धादिङ जिल्ला कमिटीको अधिवेशनमा देखिएको विवादबारे बुझ्न अध्यक्ष केपी शर्मा ओलीले ८ जना नेताहरूलाई काठमाडौं बोलाएका छन् ।

    ओलीले एमाले धादिङ जिल्ला कमिटी अध्यक्ष मण्डलसहितका नेतालाई काठमाडौं बोलाएका हुन् । जिल्ला अधिवेशन पनि सोमबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।

    अध्यक्ष ओलीले बागमती प्रदेश इन्चार्ज गुरू बराल, प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, सचिव नवराज सिलवाल, सिन्धुलीका इन्चार्ज खेम लोहनी सहितका नेतालाई पार्टी कार्यालय च्यासल बोलाएका हुन् ।

    अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटा, निवर्तमान जिल्ला अध्यक्ष भूमि त्रिपाठी, अध्यक्ष मण्डलका सदस्य रेशम लामा र मीनराज कँडेल सहितका नेतालाई अध्यक्ष ओलीले छलफलका लागि बोलाएको एक सदस्यले जानकारी गराएका छन् ।

    उनीहरूसँग अध्यक्ष ओलीले आइतबार अपराह्न ४ बजे छलफल गर्ने भएका छन् । शुक्रबारबाट सुरू भएको एमाले धादिङको अधिवेशनमा अध्यक्ष मण्डलको अध्यक्ष कसलाई बनाउने भनेरै विवाद भएको थियो । निवर्तमान कमिटीले देवकोटालाई बनाएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ