काठमाडौं। नेपाली यू-१९ क्रिकेट टोलीका ब्याटर अर्जुन कुमाललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसीसी)ले कारबाही गरेको छ ।
दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपको खेलका क्रममा गल्तीका कारण उनी आईसीसीको कारबाहीमा परेका हुन् ।
बंगलादेशविरुद्धको खेलको ६औं ओभरमा अर्जुन दौडेर रन पूरा गर्ने क्रममा बंगलादेशका बलरलाई विकेटको बीचमा कुहिनोले हानेपछि कारबाहीमा परेका हुन् । आईसीसी आचारसंहिताको धारा २.१२ को उल्लङ्घन गरेको भन्दै आईसीसीले कारबाही गरेको हो।
आईसीसीको अनुशासनात्मक रेकर्डमा कारबाहीसँगै अर्जुनको ३ डिमेरिट पोइन्ट थपिएको छ । २४ महिनाको अवधिमा ४ वा सोभन्दा बढी डिमेरिट अंक पुगेमा त्यो निलम्बन अंकमा परिणत हुन्छ। दुई निलम्बन अंक एक टेस्ट वा दुई एकदिवसीय वा दुई टि-२० बाट प्रतिबन्ध बराबर हुनेछ ।
प्रतिक्रिया