काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ ।
बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ ।
आजको बैठकमा हिउँदे अधिवेशनमा पार्टी कसरी संसद्मा प्रस्तुत हुने भन्नेबारेमा छलफल भइरहेको छ ।
साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरुमाथि गम्भीर आरोप लगाएका छन् । उनले बैंक मिटरब्याजी जस्तै बनेको टिप्पणी गरे ।
शुक्रबार बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले बैंकिङ क्षेत्रविरुद्ध भइरहेको आन्दोलन गलत भएको बताए ।
तर त्यसका लागि आधार बैंकहरुले पनि दिएको भन्दै उनले भने, ‘बैंक मिटर व्याजी होइन र ? तीन महिनामा सावामा व्याज गाभ्ने अनि त्यही त हो नि मिटरव्याजी भनेको ।’
बैंकहरुले धितोका कारण आफूले दिएको ऋण सदुपयोग भएको छ कि छैन नहेर्ने गरेको उनले बताए । ‘धितो लिलाम गर्नु र ऋण असुल गर्नु मात्र बैंकको काम होइन’ उनले भने, ‘बैंकले लगानी गरेपछि अनुगमन पनि गर्नुपर्छ, सदुपयोग भएको छ छैन पनि हेनुपर्छ ।’
बैंकको व्याजदरमाथि पनि प्रश्न उठाए । सर्वसाधारण मात्र होइन, राष्ट्र बैंकबाट पनि सस्तो ब्याजमा रकम उठाउने गरेको भन्दै उनले धेरै ब्याज लिन नहुने बताए ।
प्रतिक्रिया