• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    भीम रावलको प्रश्न : केपी ओलीले समाजवाद ल्याउने कुरा पत्याइदिनुपर्ने हो ?

    175
    SHARES



    काठमाडौँ । एमालेका पूर्वउपाध्यक्ष भीम रावलले आफू अध्यक्ष केपी शर्मा ओलीको कोपभाजनमा परेको बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले ओलीले आफूलाई स्पष्टीकरण नभई दोषपत्र थमाएको समेत बताए ।

    एमालेको साधारण सदस्यबाट समेत निष्कासित रावलले भने, ‘केपी ओलीको कोपभाजनमा परेँ । स्पष्टीकरण हो कि दोषपत्र ?’ त्यस्तै ओलीसँग समय मिलाउन कात्तिकमा वार्ता प्रयास गरे पनि असफल भएको उनले बताए । ओलीले दम्भ र निषेधको नीति लिएको समेत उनको भनाइ छ ।

    ‘ओलीसँग समय मिलाउन कात्तिकमा वार्ताको प्रयास गरेँ । ओलीको दम्भ, निषेधको नीति होइन र ? निरंकुशताको झल्को दिँदैन र ? नेकपामा द्वन्द्व चर्काउने केपी ओली । पार्टी गतिविधिमा निषेध गरियो । ओलीले थुप्रै जवाफ दिनुपर्छ,’ उनले भने ।

    त्यस्तै ठूला दल सिद्धान्तहीन बाटोमा हिँडेको पनि नेता रावलको आरोप छ । उनले ठूला पार्टीमा पद लिने होड भएको उल्लेख गर्दै देशव्यापी भ्रष्टाचार बढेको समेत बताए । ‘भ्रष्टाचारमा ठूला व्यक्ति संलग्न छन् । ठूला भनिएकालाई जोगाउन प्रयास भइरहेको छ । ठूला दलले विदेशी हस्तक्षेप निम्त्याएका छन् । सत्ताको दुरुपयोग गरी नव तानाशाह बन्न खोज्दैछ्न्,’ उनले भने । त्यस्तै अहिलेको सरकारले समाजवाद ल्याउने कुरा नपत्याउन आग्रह गर्दै उनले भने, ‘ केपी ओलीले समाजवाद ल्याउने कुरा पत्याइदिनुपर्ने हो ?’

    पार्टी मुख्यालय विवादास्पद व्यवसायीको दानमा निर्माण गर्ने निर्णयमा फरक मत राखेको भन्दै तीन नेतालाई एमालेले गत बुधबार कारबाही गरेको थियो । एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष रावललाई संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । रावललाई पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएकाले संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको एमालेले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ