• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    गुठी विधेयक चाँडो ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

    175
    SHARES



    काठमाडौं । संसदीय समितिले जति सक्दो छिटो गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

    बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसंग गुठी समस्याबारे छलफल गरेपछि राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिले यस्तो निर्देशन गर्ने निर्णय गरेको हो ।

    बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी लगायतका अधिकारीहरू थिए । मन्त्री अधिकारीले देशभरका गुठीको जग्गा सरकारले खोजिरहेको बताएका थिए ।

    सांसदहरूले पनि गुठी समस्या समाधानमा के पहल भइरहेको छ भनेर सोधेका थिए । जवाफमा मन्त्री अधिकारीले गुठीको संरचना र जग्गा खोजेर आवश्यक नीति तय गर्ने सरकारको योजना रहेको बताएका हुन् ।

    बैठकको अन्तिममा समितिले जति सक्दो छिटो गुठी विधेयक ल्याउन निर्देशन दिएको हो । ‘समस्या छ समाधान गर्न जतिसक्दो छिटो गूठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिने,’ समितिको निर्णय सुनाउँदै सभापति सोनाम गेल्जेन शेर्पाले भने । जसलाई समितिले अनुमोदन गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ