काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादी पार्टीसँग समझदारी विकास गरेर जाने सहमति भएको बताएका छन् ।
बिहीबार पार्टी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी एकताका लागि माधव र आफू एकजुट भएको बताए । उनले जुन दिन एकता हुन्छ, त्यही दिन मिडियालाई जानकारी दिने प्रतिक्रिया दिए ।
‘माधवजी र म एकजुट हुने भइसकियो । एकताका लागि दुवै पार्टीबिच समझदारी गरेर जाने सहमति भएको छ । जुन दिन पार्टी एकता हुन्छ, त्यही दिन यसरी एकता भयो भनेर तपाईँलाई जानकारी गरौँला’, उनले भने ।
कहिलेसम्म एकता हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा गौतमले भने- छिट्टै हुन सक्छ ।’ यस्तै भीम रावललाई समेट्ने विषयमा भने नेपाललाई नै थाहा होला भन्ने जवाफ फर्काए ।
प्रतिक्रिया