• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    हृदयघातबाट न्यायाधीश मरासेनीकाे मृत्यु

    10.8K
    SHARES



    काठमाडौँ । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको हृदयघातका कारण मृत्यु भएको छ । हृदयघात भएपछि अस्पताल पुराइएका मरासेनीको अस्पतालमै मृत्यु भएको हो ।

    उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश मरासेनीलाई बिहान ८ः३० बजे हृदयघात भएको थियो । हृदयघात पछि कलंकीको नेशनल अस्पताल पुराइएका मरासेनीको उपचारका क्रममा मृत्यु भएको हो ।

    उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार बिहान कुरा हुँदा अदालत आउने बताएपनि त्यसपछि उनलाई हृदयघात भएको हो ।

    प्रवक्ता भट्टराईले भने, ‘बिहान कुरा हुँदा अदालत आउने कुरा थियो । तर पछि एक्कासी हृदयघात भएको रहेछ । हृदयघात भएपछि उनलाई कलंकीको नेशनल अस्पतालमा लगिएको भएपनि त्यहीँ उहाँको मृत्यु भएको परिवारका सदस्यले बताउनुभएको छ ।’

    बिहान कुरा हुँदा अदालत आउने भनेको कारण न्यायाधीश मरासेनी समयमै नआइपुगेपछि मरासिनीकै इजलास अधिकृतले मरासेनीको गोला तानिदिएका थिए । गोला तानिएपछि मंगलबार मरासेनीको इजलाससमेत तोकिएको थियो ।

    मंगलबार मरासेनीलाई इजलास नम्बर ४ मा चन्द्रमणि ज्ञवालीसँग संयुक्त इजलास र इजलास नम्बर ५ मा उनी एक्लैको पेसी तोकिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ