• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    माधव नेपाल भन्छन्- जनताको बहुदलीय जनवादलाई त्याग्न सकिँदैन

    2.1K
    SHARES



    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीले जनताको बहुदलीय जनवाद (जबज) को विचारधारालाई त्याग्न नसक्ने बताएका छन् ।

    सोमबार काठमाडौँमा जारी पार्टीको केन्द्रीय परिषद् बैठकमा बोल्दै अध्यक्ष नेपालले जबजको उपादेयता छैन भन्ने मान्यता आत्मघाती र आत्मसमर्पणवादी भएको जिकिर गरेका छन् ।

    पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति संकेत गर्दै उनले अहिले पनि कम्युनिस्ट पार्टीहरुमाथि तानाशाही र अधिनायकवादीको आरोप लगाउने क्रम सकिएकाले त्यसको प्रतिवाद गर्न पनि जबजको विकल्प नभएको बताएका छन् ।

    उनले मदन भण्डारीद्वारा प्रतिपादित सो विचारधाराको पेटेन्ट राईट आफ्नो पार्टीसँग रहेको दाबी गर्दै त्यसलाई मिल्काइदिउँ भन्ने खालको मान्यता मान्य नहुने चेतावनी पनि दिए ।

    अध्यक्ष नेपालले भने, ‘एकाधिकारवादी ‘जनताको बहुदलीय जनवादलाई त्याग्न सकिँदैन । त्यसलाई त्याग्नुको मतलब हामी एकदलीय तानाशाहीमा जानु हो । एकातिर साम्राज्यवादको एकाधिकार देखिँदै छ । कम्युनिस्ट पार्टीप्रति उनीहरुको गतिविधि र अभियानहरु चलिरहेका छन् । अनि कम्युनिस्ट पार्टीहरुलाई एकाधिकारवादी, अनि अधिनायकवादको आरोप लगाइरहेको अवस्था छ । त्यसको सामना गर्नका लागि पनि हामीले नै हाम्रो मुलुकमा हाम्रो आन्दोलनका विकास गरेको यो विचारलाई त्याग्न सकिँदैन । त्यसो हुनाले जनताको बहुदलीय जनवादको जनवादी क्रान्तिको सन्दर्भको कुरा त्यो हामीले एक चरणमा पूरा गरेका छौँ ।’

    अध्यक्ष नेपालले जनताको बहुदलीय जनवादको मान्यतालाई त्यागेर तानाशाही व्यवस्थामा आफूहरु जान नसक्ने तर्क समेत गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ