• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    बिहारका मुख्यमन्त्री नीतीशकुमारले दिए राजीनामा, गठबन्धन फेर्ने तयारी

    2.7K
    SHARES



    काठमाडौँ । भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीशकुमारले आइतबार राजीनामा दिएका छन् । राजभवन पुगेर उनले राज्यपाल राजेन्द्र अरलेकरसमक्ष आफ्नो राजीनामा बुझाएका हुन् ।

    बिहारमा आइतबार नै नयाँ सरकार गठन हुने बताइएको छ । फेरि पनि नीतीशकुमार नै मुख्यमन्त्री बन्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले गठबन्धन फेरेर फेरि मुख्यमन्त्री हुने तयारी गरेको बताइएको छ ।

    ‘मैले मुख्यमन्त्री पदबाट राजीनामा दिएँ, सबैको राय, आफ्नो पार्टीको राय सुनेर नै मैले यो निर्णय लिएको हुँ,’ राजीनामापछि नीतीशकुमारले भने, ‘पहिलाको गठबन्धनलाई छाडेर नयाँ गठबन्धन बनाएका थियौँ तर स्थिति ठिक लागेन । त्यसैले राजीनामा दिएको हो । हामीले यति धेरै मेहनत गरिरहेका थियौँ तर सारा श्रेय अरुले लिइरहेका थिए । अब नयाँ गठबन्धनमा जाँदैछौँ । पहिला जुन पार्टीसँग सहकार्य गरेका थियौँ, ती दलबिच आज कुनै निर्णय भएमा भन्ने नै छौँ ।’

    भारतीय सञ्चारमाध्यमका अनुसार राजभवनमा नयाँ मुख्यमन्त्रीको शपथको तयारी भइरहेको छ । आजै बेलुकासम्म नीतीशकुमारको पार्टी जनता दल युनाइटेड र केन्द्र सरकारको नेतृत्वमा रहेको भारतीय जनता पार्टीबिच बिहारमा नयाँ सरकार गठनबारे सहकार्य हुनसक्ने जनाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया