काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।
जसअनुसार बिहान साढे ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।
बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरूसँग छलफल हुनेछ ।
त्यस्तै- दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।
यस्तै, नेपाली कांग्रेस निकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले सदस्यहरु मनोनीत गरेका हुन् ।
नेपाल थारू संघ शिवनारायण महतो गुरौको अध्यक्षतामा छ । संघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा पार्टी सभापति देउवाले मनोनीत गरेकाहरुको नामावली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेका छन् ।
प्रतिक्रिया