• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सार्वजनिक जग्गा मिचेर बनाइएका चार घरमा महानगरको डोजर

    10K
    SHARES



    काठमाडौं । सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका ४ वटा घरमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

    काठमाडौं महानगरपालिका-१० बानेश्वर स्थित रत्नराज्यलक्ष्मी विद्यालय नजिक रहेको ४ वटा पक्की घरमा डोजर चलाइएको नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराईले जानकारी दिए ।

    ‘सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका ४ वटा घर भत्काउन भनेका थियौं । तर अटेर गरेपछि डोजर चलाएर हटाएका हौं,’ उनले भने ।

    उनले महानगरपालिकाभित्र सार्वजनिक जग्गा मिचेर र मापदण्ड विपरीत बनेका संरचना हटाउन भन्दै पटक पटक सूचना गरेपनि अटेर गरेकाले डोजर चलाउन बाध्य भएको बताएका छन् ।

    यस्तै, काठमाडौँ महानगरपालिकाले हानीकारक अखाद्य रङ मिसाइएको कटन क्याण्डी बालबालिकालाई लक्षित गरेर बेच्न रोक लगाएको छ ।

    बालबालिकालाई लक्षित खुला रुपमा बेचिने कटन क्यान्डी (मिठाइ) को नमूना संकलन गरेर महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले परीक्षणको लाग पठाएको थियो ।

    गत २९ पुसमा राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका पठाएकोमा ‘रोडामीन बी’ नामक अखाद्य रङ्ग मिसाइएको पाइएको हो ।

    त्यसपछि महानगरले बालबालिका लक्षित गरेर उक्त क्याण्डी बेच्न रोक लगाएको हो । गुणस्तर नभएका खानेकुरा बेचबिखन गरेको पाइएमा बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ३० ले दिएको अधिकार प्रयोग गरेर ५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना गरिने महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ